समय : ०५:४१ pm | मङ्गलबार , वैशाख १५ गते २०८३

माओवादी केन्द्र प्युठान नगरपालिकाको बन्द सत्र सर्यो

स्वर्गद्वारी अपडेट | वैशाख ६ गते २०८२

प्युठान –नेकपा माओवादी केन्द्रको तेस्रो नगर अधिवेशनको बन्द सत्र सारिएको छ।निर्वाचन प्रकियाको लागि अधिवेशनको तयारी नपुगेको भन्दै यहि बैशाख १९ गतेको लागि बन्द सत्रको मिति तय गरेको पार्टी स्रोतले जनाएको छ।उद्घाटन सत्र सम्पन्न पछी नयाँ नेतृत्व चयनका लागि बन्द सत्रको कार्यक्रम सारिएको प्युठान नगरपालिका नगर सचिव सुमन राज श्रेष्ठले जानकारी दिए।

शनिवार होटल आयुष्मा जुम्रीमा प्युठान नगरपालिकाका १० वटै वडाबाट नेता कार्यकर्ता र्याली जुलुश सहित सहभागी भएका थिए।नेकपा माओवादी केन्द्रका  उपाध्यक्ष एवं पुर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले उद्घाटन समेत गरेका थिए।

   

यो पनि पढ्नुहोस्