समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा क्वानकीडो संघको अध्यक्षमा निम बहादुर खत्री चयन

स्वर्गद्वारी अपडेट | वैशाख ३१ गते २०८१

प्युठान। प्युठानमा क्वानकीडो संघको अध्यक्षमा निम बहादुर खत्री चयन भएका छन ।सोमबार स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा भएको क्वानकीडो संघको जिल्लाभेलाले अध्यक्षमा निम बहादुर खत्रीलाई चयन गरेको हो । संघको बरिष्ठ उपाध्यक्षमा जीवन पुन मगर मल्लरानी गाउँपालिका र उपाध्यक्षमा समिर खड्का प्यूठान नगरपालिका चयन भएका छन।

त्यस्तै सचिव मनविर घर्ती मगर नौबहिनी गाउँपालिका, सह–सचिव सरीता गिरी झिमरुक गाउँपालिका र कोषाध्यक्षमा लोकेन्द्र के.सी .गौमुखी गाउँपालिका रहेका छन् । सदस्यहरुमा लक्ष्मी रोका क्षेत्री स्वर्गद्वारी नगरपालिका, शिवराम पुन मगर प्यूठान नगरपालिका र हिमाल पुन मगर सरुमारानी गाउँपालिकालाई चयन गरिएको छ। कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका साँसद तुल्सीराम शर्माले खेलकुदले स्वास्थ्यलाई स्वस्थ बनाउन मद्दत गर्नुका साथै देशको पहिचाहन भएको बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समिति प्यूठानका कार्यालय प्रमुख गोविन्दराज पण्डित,स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाका क्याम्पस प्रमुख गुञ्ज बहादुर खड्का,नेपाल क्वानकिडो संघका केन्द्रिय महासचिव टेकराज के.सी .लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

One thought on “प्युठानमा क्वानकीडो संघको अध्यक्षमा निम बहादुर खत्री चयन

  1. सुभ कामाना बोदाई छ दोस्त सङर्स नै थुलो हो

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page