समय : ०२:३६ pm | मङ्गलबार , वैशाख ९ गते २०८२

स्वर्गद्धारी नगरपालिका सारिमा चोरी गर्ने एकजना ब्यक्ति पक्राउ

स्वर्गद्वारी अपडेट | माघ १६ गते २०७९
स्मृती घर्ती मगर प्यूठान, स्वर्गद्धारी नगरपालिका वार्ड नं ५ मा चोरी गर्ने एकजना ब्यक्ति पक्राउ परेका छन। जिल्लाको स्वर्गद्धारी नगरपालिका वार्ड नं ५ सारी बस्ने राज बहादुर खत्रीको घरमा कोही नभएको मौका छोपी मुलढोका फोरेर चोरी गर्ने एक बालकलाई पक्राउ गरिएको हो। निज बालकले पटक—पटक गरी खत्रीको घरबाट नगद रु एक लाख पैतीस हजार (१,३५,०००) चोरी गरेको अनुसन्धानबाट खुलेको छ। चोरीको घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान पश्चात घटनामा संलग्न चोरी गर्ने ति बालकलाई नियन्त्रणमा लिई प्यूठान जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय प्यूठानले जानकारी दिएको छ। जिल्लामा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा बिभिन्न ठांउमा चोरीका घटनाहरु घटिरहेको छ। चोरीमा संलग्न ब्थक्तिहरुको खोजीकार्य भैरहेको े जिल्ला प्रहरी कार्यलय प्यूठानले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्