समय : ०४:५० pm | मङ्गलबार , असाेज १३ गते २०८३

गौमुखी गाउँपालिका प्युठानले चोर पहिचान गर्ने ब्यक्तिलाई सम्मान गर्ने

स्वर्गद्वारी अपडेट | माघ ११ गते २०७९
स्मृती घर्ती मगर प्युठान
गौमुखी गाउँपालिका प्युठानले चोरी गर्दै हिड्ने चोर पहिचान गरी पक्राउ गर्ने ब्यक्तिलाई नगद रु १० हजार दिने निर्णय गरेको छ ।
गाउँपालिकाले पछिल्लो समय जिल्लामा योजनाबद्ध ढंगबाट चोरी गर्दै आएका चोर हरुलाई पक्राउ गर्ने ब्यक्तिलाई नगद पुरस्कारले सम्मान गर्ने एक सुचना जारी गर्दै जानकारी गराएको छ । पछिल्लो केहि दिन यता जिल्लाका बिभिन्न पालिकाभित्र पेशेवर लुटेराहरुकै शैलिमा चोरी तथा लुटपाटका घटनाहरु भैरहेका छन । गाउँपालिकाले आफ्नो घर, गांउ, टोल र छरछिमेकमा नयाँ तथा परिचय नखुलेका ब्यक्ती हरु आउँदा सचेत रहन आग्रह गरेको छ ।
त्यस्तै गाउँपालिका क्षेत्रमा घुमन्ते ब्यापारिहरु कपाल किन्ने, सिरक डसना बनाउने, कपडा, भांडाकुडाँ, जडिबुटी बेच्ने आदी इत्यादी लगायत कारोबार गर्ने ब्यक्तिलाई गौमुखी गांउपालिकाको अर्को सुचना प्रकाशन नहुन्जेलसम्म गांउपालिकाको सिमाभित्र प्रबेश गर्न निषेध गरिएको सुचना मार्फत जानकारी गराएको छ । त्यसका साथै समाज मा शान्ति, सुरक्षा र अमन-चयन कायन गर्न सहजिकरणका लागी गांपालिकाका बिभिन्न बजार तथा गांउटोल मा भएका बिभिन्न सामाजिक संघसंस्था समुहहरुलाई नागरिक स्तर बाट आबश्यक सहयोग गर्न समेत आग्रह गरेको छ ।
प्युठानमा यो भन्दा पहिले पनि गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका केही स्थानमा चोरी भएको थियो । खोजी कार्य भैरहेपनी अहिलेसम्म चोरी गर्ने ब्यक्ति पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
Seen by Smriti Gharti Mogr at 6:20 PM

यो पनि पढ्नुहोस्