समय : ०५:३० pm | मङ्गलबार , असाेज १३ गते २०८३

गौमुखीको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | पौष २७ गते २०७९
जोगिन्द्र मल्ल प्युठान, गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल पत्रकार  महासंघ जिल्ला शाखा प्युठानको सहजीकरणमा आ.ब २०७९/०८० को प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता संगै भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष महाविर रानाले  राख्नु भएको थियो।भने सार्बजनिक सुनुवाईको प्रतिबेदन प्रमुख प्रशासकिय अधिकृत खुम बहादुर घर्तीले प्रस्तुत गर्नु भएको थियो। सो सार्बजनिक सुनुवाईमा सेवा प्रदायक र सेवाग्राही बिच  सुशासन, पार्दर्शी ,जबाफ देहिता र गुनासो विषयमा जोड दिएको थियो। सहभागीहरुले सेवाग्राहीहरुले पाउन पर्ने सेवा सुबिधा छिटो छरितो समयमा हुनु पर्ने पालिकाले गुणस्तरीय कार्य गर्न अनुरोध गरेका थिए । सो कार्यक्रममा राजनैतिक दलका प्रतिनिधि, ज्ञामुराम न्यौपाने,रमेश राना, टुक बहादुर के सि, मधुराम केसि,र नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष महाविर राना र गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले गाउँपालिकाको समग्र विकासका लागि अभिप्रेरित भइ सल्लाह सुझाव दिनु भएकोमा गाउँपालिकाले आगामी दिनमा  मनन गर्दै सुझाव र प्रश्नको जवाफ दिदै सहजीकरण गर्ने निकाय नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानलाई धन्यवाद दिएको थियो।

यो पनि पढ्नुहोस्