समय : १२:१२ pm | सोमबार , असार १५ गते २०८३

प्युठान लामपोखरी ऐतिहासिक मेला  भोलि हुने

स्वर्गद्वारी अपडेट | कार्तिक १२ गते २०७९
स्वर्गद्वारी अपडेट, प्युठान माण्डबी गाउँपालिका १ तिराममा लामपोखरी  ऐतिहासिक मेला भोलि हुने भएको छ। माण्डबी गाउँपालिका वडा १ तिराममा  प्रत्येक बर्ष पाँचपुण्यको (पंचमी )दिन लामपोखरी  ऐतिहासिक मेला हुने मेला व्यवस्थापन समितिको संयोजक मेनका घर्ती बताईंन।उनले भनिन “ शनिबार सोहि मेलालाइ ब्यबस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न सर्बपक्षिय बैठक बसि मेला ब्यबस्थापन  समिति गठन गरियको हो ,यस मेलामा ८ -१०  ठाउँ बाट क्लवको देउसी भैलो आउनेछ  उनले बताईंन। माण्डबी गाउँपालिका वडा -१ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले भने “लामपोखरी मेला गाउँ पंच्यात पाला देखि नै मेला लागिरहेको हो गत बर्षपनि मेला लागेको थियो तर कोरोनाले गर्दा त्यति व्यवस्थित भएको थिएँन अब यसपाली ब्यबस्थित र शान्तिपूर्ण ढङ्गले हुनेछ।” थप्दै उनले भने यो मेला ६ बर्ष पहिला रातिमा हुने थियो ,तर रातको समयमा झैँ झगडा हुने हुदा हामीले दिनमा   शुरु गरेको बताए । [caption id="attachment_7883" align="aligncenter" width="300"] फाईल फोटो[/caption]  

यो पनि पढ्नुहोस्