समय : १२:०१ pm | सोमबार , जेठ ५ गते २०८२

थोरै लगानी बाटै पनि सम्पन्न बन्न सकिन्छ ः वडा अध्यक्ष घर्ति

स्वर्गद्वारी अपडेट | असाेज १३ गते २०७९
बिबश जि एम प्यूठान ०७९ असोज १३,साझ बिहान छाक टार्नका लागि मात्र नभएर व्यवसायीक रुपमा खेती गरेर मनग्य आम्दानी गर्न सकिने बताएका छन । आलु बालिको उन्नत प्रबिधी सम्बन्धि १ दिने तालिम स्वर्गद्धारी नगरपालिका वडा नं ५ सारीमा भएको कार्यक्रममा ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ति मगरले यस्तो बताएका हुन् ।उनले आलु बहूउपयोगि तरकारी बालीको रुपमा प्रमुख नै मानिने भएकाले विश्वभरि सबैभन्दा बढी उपयोग हुने समेत बताएका छन् ।आलु सस्तो र कमजोर आर्थिक स्थिति भएका मानिसहरुका लागि पनि सहजै किन्न र गर्न सक्ने भएकाले सकेसम्म सबैले गर्दा नै उचित हुने जानकारी दिएका हुन् । त्यस्तै व्यवसायीक रुपमा खेती गर्न सके स्थानीय सरकारले सहयोग गर्ने बताएका हुन् ।सहयात्रा कृषिक समहकी अध्यक्ष शान्ति बुढाथोकीको अध्यक्षता सुरु भएको कार्यक्रमको प्रमुख अतिथि ५ नं वडा अध्यक्ष गिर बहादुर घर्ती मगर, कृषि बिकास शाखा प्रमुख सन्जय चौधरी थारुको बिशेश आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन गंगाराम बि.सी ले गरेका थिए ।

यो पनि पढ्नुहोस्