एन.आई.सी एसिया बैंकद्वारा सम्मान


भदौ २४ - स्वर्गद्वारी अपडेट ,प्युठान,
स्वर्गद्वारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुलाई एन.आई.सी एसिया बैंकले बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारी र उपप्रमुख मिनराज राना मगर लाई बधाई तथा शुभकामना दिदै यस ''पालिकामा आफ्नो बिस्तारित शाखा सहित वित्तीय सेवा दिदै आएको र सेवालाई थप उत्कृस्ट बनाउनको लागि पालिकाको साथ र सहयोग आवस्यक रहेको एन.आई.सी एसिया बैंक जुम्री शाखाका शाखा प्रमुख बिशाल सिंह कार्की ले स्वर्गद्वारी अपडेटलाई बताए ।'' बधाई तथा सम्मान कार्यक्रम मा बोल्दै नगरप्रमुख भण्डारीले '' पालिकाको वित्तीय क्षेत्रको बृदि बिकासमा पूर्ण रुपमा सहयोग रहने बिस्वास ब्यत्त गरे '' हरेक क्षेत्रको विकास गर्नमा आर्थिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए ।