प्यूठानमा ११ बर्षिया बालिका मृत फेला


अनुज पछाई,प्यूठान । प्यूठानमा बिहिबार एक बालिका मृत फेला परेकी छन । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.८ अमिलधारा निवासी फनाराम खत्रीको छोरी ११ बर्षिया भावना खत्री आफ्नै घरमा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।मृतक बालिका घरको माथील्लो तलाको वलोमा झुण्डिएको अबस्थामा फेला परेकी थिइन । मृतक बालिका जनता माद्यमिक बिद्यालय बर्जिबाङको कक्षा ६ मा अध्यनरत रहेकी थिइन ।
अहिले शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल प्यूठानमा ल्याइएको छ ।