समय : ०७:५० pm | शनिबार , जेठ ३१ गते २०८२

प्यूठानका एक ११ बर्षिया बालकले बनाए रोबर्ट

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०७९
रमेश विश्वकर्मा,प्यूठान । प्यूठानका एक बालकले ११ बर्षको उमेरमै रोवर्टको आबिस्कार गरेका छन । जिल्लाको स्वर्गद्धारी नगरपालिकाका करण शर्माले सानै उमेरमा रिमोर्टबाट सञ्चालन हुने रोबर्ट बनाएका हुन । स्वर्गद्धारी नगरपालिकाको लोक चेतन एकेडेमीको कक्षा ७ मा अध्यनरत बालक शर्माले ११ बर्षको उमेरमै रोवर्ट बनाएर सबैलाई चकित पारेका छन । २०६७ साल श्रावण महिनाको २३ गते जन्मिएका किरणले सानै देखि गम्भिर स्वभावका रहेका थिए । सानैदेखि इन्जिनियर तथा बैज्ञानिक बन्ने सपना सजाएका किरणले रिमोर्टबाट चल्ने रोवर्ट बनाएर बिद्यालयमा प्रदर्शन गरेका छन । घर वरपर पाइने चाउचाउ तथा बिस्कुटका कार्टुन, फुृटेका खेलौनाका टाएर र डिसी मोटर , मोबाइलको ब्याट्रि , कपर वाएर ,स्विच, इस्पिकर लाइट लगायतका सामगी्रको प्रयोग गरेर बालक किरणले रोबर्ट बनाएका हुन । युटुव पत्रकार रमेश विश्वकर्माद्धारा अन्तरवार्ता लिदै । विद्यालयमा भर्ना भएदेखि कहिल्यै दोस्रो नभएका किरणको स्वभाव शान्त शालिन र भद्र रहेको छ । करिब १० दिन लगायर तयार गरिएको रोवर्टले रिमोर्ट कन्ट्रोल माध्यमबाट अगाडी पछाडी पाइला सार्न सक्ने,सामग्रीहरु समात्न सक्ने ,इन्टरनेटको माध्यमबाट आवाज निकाल्न पनि सक्दछ ।बुवा अर्जुन कुमार कालाथोकी र आमा लक्ष्मी कालाथोकीको कोखबाट जन्मिएका करणको भविष्यमा बैज्ञानीक बन्ने ठूलो धोका रहेको बताउछन ।  

बिस्तृत विवरण हेर्न र सुन्नको लागी मल्लरानी मिडिया र प्यूठान अपडेट युटुव च्यानलमा भिडियो छ ।

 

यो पनि पढ्नुहोस्