प्यूठानमा जिप दुर्घटना ४ जना घाइते


अनुज पछाई,प्यूठान । प्यूठानमा जीप दुर्घटना हुदा ४ जना घाइते भएका छन । जिल्लाको स्वर्गद्धारी न.पा.४ गोठिँबाङ स्थित भालुबाङ रोल्पा सडक खण्डमा दाङ देखि रोल्पा जादै गरेको रा १ च ६१३ न.को जिप अचानक दुर्घटना हुदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
घटनामा घाइते हुनेमध्य.रोल्पा सुनिलस्मृति गा.पा. १ घोडागाँउ बस्ने बर्ष ४२ कि गेमला सेनको अबस्था गम्भिर रहेको छ । उनको टाउको,मुख र हातमा चोट लागेको छ । त्यस्तै सोही ठाउ बस्ने बर्ष ८ कि यसोधारा शाह दाङ घोराही उ.म.न.पा. १५ दिपसिकानगर बस्ने बर्ष ४९ कि रारा पुन र सोहि ठाउका बर्ष ४३ कि उमा शाह रहेका छन ।
घाइतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी भिगृ पठाईएको छ। उक्त जिपमा चालकसहित ५ जना सवार रहेका थिए । अहिले जिप घटना स्थलमा रहेता पनि बाटो अबरोध नभएको प्रहरीको भनाइ रहेको छ ।
जिप चालक दाङ घोराही उ.म.न.पा. १३ बस्ने बर्ष ४४ को डम्मर मल्ल प्रहरीको नियन्त्रणमा रहेको छ ।