समय : ०८:२३ pm | आइतबार , असार १४ गते २०८३

सरुमारानी गाउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

स्वर्गद्वारी अपडेट | श्रावण १५ गते २०७९
अनुज पछाई,प्यूठान । प्यूठानको सरुमारानी गाउपालिकाको आ.व. २०७८÷०७९ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८÷०७९को तेस्रो चौमासिकमा सम्पादन गरेका कामको प्रभावकारिता तथा नागरिक सन्तुष्टि तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिकाले प्रत्येक चौमासिकमा गरिएका योजना तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि गाउँपालिकाले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ । सरुमारानी गाउँपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिका भित्र रहेका सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, बुद्धिजिबि, ब्यापारी, होटल व्यवसायी लगाएत गाउँबासीहरुको उपस्थिति रहेको थियो । सरुमारानी गाउँपालिकाको आयोजना तथा युथ मिडिया प्रालिको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीूले आ.व. २०७८÷०७९ को तेस्रो चौमासिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सहभागीहरुले गाउँपालिकाको समसामयिक गतिविधि, विकास निर्माण, बजार व्यवस्थापन, सेवा प्रबाह लगायत अन्य विषय बस्तुहरुमा जिज्ञासा, प्रश्न तथा सुझाव राखेका थिए ।गा.पा का अध्यक्ष बिश्वकर्माले उठेका सवाल तथा जिज्ञासाको जवाफ दिएका थिउ । साथै आ.व ०७७÷०७८ को बेरुजु शून्य कायम गर्न सफल भएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री चिन्तामणि रेग्मीलाई विशेष योगदानको उच्च मूल्यांकन गर्दै स–धन्यवाद सहित प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

यो पनि पढ्नुहोस्