प्यूठानमा जीप दुर्घटनाः १ को मृत्यु १४ जना घाइते


अनुज पछाई , प्यूठान । प्यूठानको स्वर्गद्धारीमा पिकअप जीप दुर्घटना भएको छ । स्वर्गद्धारी मन्दिर दर्शन गरि फर्किदै गरेको लु ३ च ३५३ नं को पिकअप दुर्घटनामा परेको हो । दुर्घटनामा एकजना महिलाको मृत्यु भएको छ ।
दुर्घटनामा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नंवर ४ भ्यागुतेमा भएको दुर्घटनामा १४ जना घाईते भएका छन । त्यसमध्ये ९ जनाको अबस्था गंम्भीर रहेको प्रहरीको भनाई रहेको छ ।