समय : ०५:४० am | शुक्रबार , चैत्र ७ गते २०८१

प्यूठनामा हातहतियार मुद्दामा फरार प्रतिबादी पक्राउ

स्वर्गद्वारी अपडेट | असार ३० गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानमा हातहतियार खरखजना मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन । प्यूठान सरुमारानी गाउपालिका वडा नं. ६ बस्ने सुकराम पुनलाई बिहिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रबक्ता शुशिल थापाले बताइका छन । प्रतिबादी पुनलाई हातहतियार तथा खरखजना मुद्दामा उच्च अदातल तुलसिपुर दाङको २०७८ मङसिर २८ गतेको फैसला अनुसार ६ महिना कैद सजाए तोकिएको थियो । त्यसपछि पुन फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय प्यूठानबाट खटिएको प्रहरी टोलिले खोजतलास गर्दा बिहिबार आफ्नै घरमा लुकिछिपी बसेको अबस्थामा पुन पक्राउ परेका छन । प्रतिबादी पुनलाई नियन्त्रणमा लिइ जिल्ला अदातल प्यूठानमा पेश गरेकोमा बिहिबार नै कैद भुक्तानको लागी प्यूठान कारागारमा चलान गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्