मूल्य बृद्धि नियन्त्रण गर्न सरुमारानीको ध्यानआकर्षण


अनुज पछाई , प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिकाले बढदो मूल्य बृद्धिलाई नियन्त्रण गर्नको लागी सरकारको ध्यानआकर्षण गरेको छ । सरुमारानी गाउपालिकाको असार २३ गतेको ११ औ अधिबेशनको दोस्रो पूर्ण बैठकको निर्णय नं. ७ मा सरकारलाई मूल्य बृद्धि नियन्त्रण गर्नको लागी ध्यानआकर्षण गर्ने निर्णय भएको सरुमारानी गाउँपालिकाका प्रबक्ता चिन्त सोमैले विज्ञप्ती मार्फत जानकारी दिएका छन ।
विज्ञप्तीमा भनिएको छ “विगत केहि समय यता दैनिक उपभोग्य सामग्री लगायत अन्य निर्माण सामग्रीमा भएको मुल्य बृद्धिका कारण सर्बसाधारण नागरिकको दैनिकी जीवनयापनमा समस्या परेकाले मूल्यबृद्धि नियन्त्रण गर्न नेपाल सरकारको ध्यानआकर्षण गर्दछौ । ”