सरुमारानीमा टोल बिकास सस्थाका पदाधिकारीलाई नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण


अनुज पछाई , प्यूठान । सरुमारानी गाउपालिकामा टोल बिकास सस्थाका पदाधिकारीलाई नेतृत्व बिकास सम्बन्धि अभिमुखिकरण गरिएको छ । सरूमारानि गाउँपालिकाको आयोजनामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई नेतृत्व विकास संम्वन्धि खभिमुखिकरण गरिएको हो ।
मङगलबार र बुधबारको दिन सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता सरूमारानि गाँउपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले गरेका थिए ।
अभिमुखिकरण कार्यक्रममा टोल बिकास समितिलाई कसरी चुस्त सुस्त बनाउन सकिन्छ भन्ने बिषयमाथी छलफल को साथै विविध निर्णयहरु भएको सरुमारानी गाउपालिकाका प्रबक्ता चिन्ता सोमै मगरले बताएका छन ।
कार्यक्रम मङगलबार सरुमारानी गाउपालिकाको वडा नं. १,२ र ३ का पधादिकारीलाई गरिएको थियो भने बुधबार ४,५ र ६ का पदाधिकारीहरूलाई अभिमुखिकरण गरिएको हो ।
कार्यक्रममा स्वागत मनतब्य उपाध्यक्ष बसन्ता खडका र अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत श्री चिन्तामणि रेग्मी र प्रशासन शाखा प्रमुख श्री लक्ष्मण आचार्यले गरेका थिए ।