अनुज पछाई , प्यूठान । मङगलबारदेखि परेको अबिर बर्षाको कारण प्यूठान जिल्लाका विभिन्न ठाउमा क्षति पुर्याएको छ । जिल्लाको ९ वटै पालिकाका बिभिन्न ठाउमा पहिरो जादा सडक अबरुद्ध भैरहेका छन । त्यस्तै पहिरोकै कारण पशु चौपाया पनि बगाएको छ । जिल्लाको गौमुखि गाउपालिकाको बिभिन्न वडामा गोठमा बाधिराखेको चौपाया बगाएको स्थानियले बताएका छन ।
फोटोःकेशर सुनार
गौमुखि गाउपालिका वडा नं. ६ लिबाङमा करिब १ दर्जन बढी पशुचौपाया बगाएको गौमुखि गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष चन्द्र बहादुर खत्रीले जानकारी दिएका छन ।
त्यस्तै नौबहिनी गाउपालिकामा पनि बर्षाको कारण केहि घरहरु भत्किएका छन । त्यस्तै झिमरुक नदीको बहाव बढ्दा नदीले विभिन्न स्थानमा कटान सुरु गरेको छ । उक्त नदीले प्यूठान नगरपालिका–४ बिजुवारस्थित बिजुवार–खलंगा सडकखण्ड नजिकैको तटबन्ध भत्काएको छ ।
पुलको सुरक्षाका लागि लगाइएको तटबन्ध बाढीले भत्काउँदा बिजुवारको पक्की पुल जोखिममा परेको छ । प्यूठान नगरपालिका–७ टिकुरी बसपार्क नजिकैको करिडोर पनि बाढीले बगाएको छ ।
बाढीले झिमरुक नदी किनारामा विस्तार गरिएको विद्युत्को हाइटेन्सन लाइनका पोल पनि बगाएको छ । सबपावर स्टेसनसम्म पुग्ने विद्युतका पोल बाढीले बगाएको हो ।
त्यस्तै ऐरावती गाउपालिका वडा न–१ डाबरका रेम बहादुर गाहा मगरको गोठ र हेम बहादुर बरालको खेतीयोग्य जमिन पूर्ण रुपमा क्षेती हुनका साथै खानेपानीको पाइपमा समेत क्षेती भएको खबर प्राप्त भएको छ ।
त्यस्तैे नौबहिनी गाउँपालिका वडा नं ६ मा लुम्बिनी प्रदेश साम्सद हरि प्रसाद रिजाल र स्थानीय बामदेव रिजालको घरमा क्षति पुगेको छ भने अर्का स्थानिय पोम नारायण रिजालको गोठ बगाउँदा चार बाख्रा बगाएको छ ।