समय : ०४:३८ pm | सोमबार , माघ २८ गते २०८१

प्यूठानमा पारस्परिक जवाफदेहिता परियोजना सम्पन्न

स्वर्गद्वारी अपडेट | असार ९ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठान जिल्लामा बिहिबार एक कार्यक्रम गरि पारस्परिक जवाफदेहिता परियोजना कार्यत्रलको समापन गरिएको छ । सन २०१७ मार्च १ देखि सुरु भएको परियोजना बिहिबार एक कार्यक्रमको विच समापन गरिएको छ । प्यूठान जिल्लामा शिक्षा स्वास्थ्य कृषि र विपदको क्षेत्रमा काम गर्दै आएको परियोजना प्यूठान जिल्लाको नौबहिनी गाउँपालिका र सरुमारानी गाउँपालिकामा सञ्चालन भएको थियो । स्थानिय तह र नागरिकबीचमा पारस्पिक जवाफदेहितामा जोड दिएर काम गरेको परियोजना कार्यक्रम अधिकृत पम्फा भुषालले बताएकी छन । समापन कार्यक्रममा हरप्लेसका अध्यक्ष सुनिता बुढा ,गैर सरकारी संस्थाका अध्यक्ष नेत्रमणी आचार्य लगाएतले परियोजनाले समाजमा सकारातमक परिवर्तन गरेको उल्लेख गरेका थिए । कार्यक्रम युएसआइडि एफ एच आई र मानब अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) को साझदारीमा प्यूठान संगै रोल्पा , रुकुम र सल्यानमा सञ्चालन भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्