समय : १२:३८ pm | आइतबार , चैत्र ३ गते २०८१

प्यूठानबाट प्रधानमन्त्रिलाई ध्यानआकर्षण पत्र

स्वर्गद्वारी अपडेट | असार ९ गते २०७९
अनुज पछाई , प्यूठान । पछिल्लो समयमा दैनिक उकालो लागीरहेको महगिलाई केन्द्रित गर्दै बढदो महङीलाई कम गर्न माग राख्दै प्यूठान जिल्लाबाट प्रधानमन्त्रिलाई बढदो ध्यान आकर्षण पत्र बुझाइएको छ । बिहिबार प्यूठानमा रहेका बिभिन्न संघ सस्थाले बढदो मूल्य बृद्धि नियन्त्रणको माग गर्दै प्रधानमनित्रको ध्यानआकर्षण गराएका हुन । गैर सरकारी महासंघ प्यूठानका अध्यक्ष नेत्रमणी आचार्य , जिल्ला स्तरीय मानब अधिकार सञ्जाल प्यूठानका अध्यक्ष पार्बता आचार्य, उद्योग बाणिज्य संघ प्यूठानका सदस्य प्रभात श्रेष्ठ , जिल्ला स्तरीय नागरिक समाज सञ्जाल प्यूठानका सचिब लोकेन्द्र सुनार ,अपाङग सेवा संघ प्यूठानका अध्यक्ष जुमान सिंङ केसी र महिला मानब अधिकार रक्षक सञ्जाल प्यूठानका सचिब राधिका खडकाद्धारा संयुक्त रुपमा हस्ताक्षरित ध्यान आकर्षण पत्रमा रासायनिक मल अभाव , इन्धन उपभोग्य बस्तुको मूल्यबृद्धिले आम नागरिकको दैनिकिमा समस्या उत्पन्न भएको भन्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल मार्फत प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र पठाइएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्