सरुमारानीमा ६२ महिलाहरुको पाठेघर परीक्षण


अनुज पछाई ,प्यूठान । जिल्लाको सरुमारानी गाउपालिकामा पाठेघरको जाच सम्बन्धि सिबिर सम्पन्न भएको छ । बुधबार बडडाडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र प्यूठानमा सञ्चालन गरिएको सिबिरमा गाउपालिकाका ६२ बढी महिलाको पाठेघरको परीक्षण गरिएको सरुमारानी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझिले जानकारी दिएका छन ।
स्वास्थ्य शाखा प्रमुख रायमाझिका अनुसार ६२ महिलाको पाठेघरको परीक्षण गर्दा ५ जनाको सामान्य उपचारको आबस्यक्ता रहेको महिला भेटिएका छन । त्यस्तै २ जनालाई अप्रेसन गर्नुपर्ने देखिएको छ ।
सरुमारानी गाउपालिकाको आयोजनामा सञ्चालन गरिएको उक्त सिविरमा जिल्ला अस्पताल प्यूठानका डा. सञ्जय कक्षपति र नसिंङ अधिकृत राधा केसीले परीक्षण गरेका थिए ।