समय : १२:०७ pm | आइतबार , चैत्र ३ गते २०८१

सरुमारानीमा २ स्वास्थ्य सिविर सञ्चालन हुदै

स्वर्गद्वारी अपडेट | जेठ २८ गते २०७९
अनुज पछाई,प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिकामा २ वटा स्वास्थ्य सिविर सञ्चालन हुने भएको छ । आउदो आइतबार अर्थात असार २९ गते आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन  भएको छ । आर्युर्वेद स्वास्थ्य केन्द्र खलंगाा प्यूठानको आयोजना तथा सरुमारानी गाउपालिकाको समन्वयनमा स्वास्थ्य जीवन शैली प्रवद्र्धनको लागी आयुर्वेद स्वास्थ्य सिविर सञ्चालन हुन लागेको सरुमारानी गाउपालिका प्यूठानका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिएका छन । त्यस्तै असार १ गतेको दिन सरुमारानी गाँउपालिका प्यूठानकै आयोजनामा पाठेघरको जाच सम्बन्धि सिविर पनि सञ्चालन हुने भएको छ । प्रमुख प्रशासकिय अधिकृत रेग्मीका अनुसार सेतो पानी वग्ने,तल्लो पेट दुख्ने लगायतका समस्या भएका महिलाहरुले सिविरबाट सेवा लिन सकिने छ । पाठेघरको सिविर असार १ गते बुधबार बड्डडाडा आधारभुत स्वास्थ्य सेवा केन्द्र प्यूठानमा हुने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्