समय : १०:३९ am | सोमबार , जेठ ५ गते २०८२

सरुमारानी गाउपालिकामा बिभिन्न विषयगत समिति गठन

स्वर्गद्वारी अपडेट | जेठ २६ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्लाको सरुमारानी गाउपालिकाले बिभिन्न विषयगत समिति निर्माण गरेको छ । मङगलबार गाउपालिकाकामा बसेको बैठकले विभिन्न ६ प्रकारका विषयगत समितिमा संयोजक सहित सदस्यहरु चयन गरेको सरुमारानी गाउपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताएका छन । विषयगत समिति अनतर्गत झग बहादुर विश्वकर्माको संयोजकमा सुशासन समिति,मोहम्मद हलिम हलुवाईको संयोजकमा आर्थिक विकास समिती, चिन्त बहादुर सोमै मगर पूर्वाधार विकास समिति निर्माण गरिएको छ । त्यस्तै भीम बहादुर मर्साङ्गीको संयोजकमा सामाजिक विकास समिति, पुर्खसिङ सुनारको संयोजकमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र गाउँपालिकाको प्रवक्तामा चिन्त बहादुर सोमैलाई चयन गरिएको छ ।

यो पनि पढ्नुहोस्