स्वर्गद्धारीमा सुत्केरीलाई भत्ता सहित निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय

अनुज पछाई , प्यूठान । प्यूठानको स्वर्गद्धारी नगरपालिकाले सुत्केरीहरुको लागी सुत्केरी भत्ता सहित निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगर कार्यपालिकाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्तिको व्यवस्था गर्ने निर्णय पनि गरेको छ । नगरप्रमुख टेक प्रसाद भण्डारीका अनुसार छात्रवृत्तिको सन्दर्भमा कार्यपालिकाले माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गर्ने तीन विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि क्रमश ५० हजार ३० हजार र २० हजार छात्रवृत्तिको व्यवस्था गरिने भएको छ ।
यस्तै कार्यपालिकाले यो कार्यकाल अवधिमा स्वर्गद्वारी नगरपालिकालाई उज्यालो नगर घोषणा गर्ने र खरको छाना मुक्त नगर घोषणा गर्ने निर्णय पनि गरेको छ ।
यो सङ्गै विपद व्यवस्थापन कोषकाबाट चन्द्रेश्वरी प्राथमिक विद्यालय भिङ्ग्री र तल्लो भिङ्ग्रीको वस्तीमा हरेक वर्ष वर्षाको भेल र बाढीले पार्ने समस्या समाधानको लागि अर्को कुनै ठुलो योजना नहुदासम्मको लागि वैकल्पिक समाधानको उपायको लागि रू ५ लाख बजेटको व्यवस्थापन नगरपालिकाले गर्ने भएको छ ।
यसैगरी कार्यपालिकाले विविध विषयगत समितीको निर्माण पनि गरेको छ ।
बुद्धीराम पुनको संयोजकमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति
मेघराज जिसी आर्थिक विकास समिति ,गिर बहादुर घर्ती मगर सामाजिक विकास समिति गिर बहादुर गुरुङ पूर्वाधार विकास समिति
पुरूषोत्तम बरालीको संयोजकमा बिद्येक समिति गठन गरिएको छ ।
त्यस्तै सूवर्ण श्रेष्ठ को संयोजकमा वन वातावरण तथा विपद व्यवस्थापन समिति लगायत अन्य विविध समितिमा कार्य नीति अनुसार नगर प्रमुख र उप प्रमुख नै संयोजक तोकिएको छ ।
कार्यपालिकाको वैठकले कार्यपालिका सदस्य सुरज संगम सुनार लाई स्थानीय सरकार प्रवक्ता तोकेको छ ।