समय : ०३:५६ pm | मङ्गलबार , वैशाख ९ गते २०८२

सरुमारानीमा ११७ गर्भवतीको निःशुल्क भिडियो एक्सरे

स्वर्गद्वारी अपडेट | जेठ २१ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्लाको सरुमारानी गाउँपालिकाका सबै वडामा निःशुल्क अल्ट्रासाउण्ड शिबिर सकिएको छ । गर्भबति महिलाहरुको लागी सञ्चालन गरिएको निःशुल्क ग्रामिण अल्ट्रा साउण्ड (भिडियो एक्सरे) सेवा पालिकाका ६ वटै वडामा सकिएको छ । पालिमा रहेका गर्भवति महिलाहरुलको निःशुल्क भिडियो एक्सरे गरिएको हो । गत सोमबारदेखि सञ्चालन भएको उक्त शिविर सनिबार सकिएको हो । शिविरबाट सरुमारानी गाउपालिकाका ११७ गर्भवति महिलाहरुले सेवा लिएको सरुमारानी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझिले बताए । स्वास्थ्य शाखा प्रमुख रायमाझिका अनुसार वडा नं. १ मा १४ जना ,वडा नं. २ मा २१ जना ,वडा नं. ३ मा २७ जना र वडा नं. ४ मा २० जनाले सेवा लिएका छन । त्यस्तै वडा नंं. ५ मा १४ जना र वडा नं. ६ मा २१ जना गरि ११७ जनाले सेवा प्राप्त गर्न सफल भएका छन । शिबिरमा गर्भवति भएको १८ हप्ता पुरा भएका महिलाहरुले सेवा लिएका थिए । कोरोना खोप पनि सञ्चालन जेठ १९ गतेबाट सरुमारानी गाउँपालिकाका प्रत्यक वडामा रहेका स्वास्थ्य सस्थाबाट कोभिड १९ बिरुद्धको खोप सञ्चालन पनि भैरहेकोे छ । १८ बर्ष पुरा भएको दोसा्रे मात्रा खोप लगाएको ३ महिना पुरा भएका सबैले खोप लगाउन सकिने छ । यो अभियान जेठ २२ गतेसम्म सञ्चलन हुने छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्