समय : ०२:०३ pm | सोमबार , जेठ ५ गते २०८२

सरुमारानीमा निःशुल्क भिडियो एक्सरे सेवाः २ वडाका ४१ गर्भवतिले लिए सेवा

स्वर्गद्वारी अपडेट | जेठ १७ गते २०७९
अनुज पछाई, प्यूठान । जिल्लाको सरुमारानी गाउपालिकाका बिभिन्न ठाउमा निःशुल्क अल्ट्रासाउण्ड शिबिर सञ्चालन भैरहेको छ । गर्भबति महिलाहरुको लागी सञ्चालन गरिएको निःशुल्क ग्रामिण अल्ट्रा साउण्ड (भिडियो एक्सरे) सेवा सोमबार हंसपुर स्वास्थ्य चौकीमा सञ्चालन भएको थियो । शिबिरबाट सरुमारानी गाँउपालिका वडा नं. ३ का २७ जना गर्भबति महिलाहरुले सेवा लिएको सरुमारानी गाउपालिका स्वास्थ्य शाखाका प्रमुख टेकेन्द्र रायमाझिले बताएका छन । त्यस्तै मङगलबार बङ्गगेशाल स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिबिरबाट १४ जना गर्भबति महिलाले सेवा लिएका छन । शिबिरमा गर्भवति भएको १८ हप्ता पुरा भएका महिलाहरुले सेवा लिएका थिए । यसका साथै आउदो जेठ १९ गतेबाट सरुमारानी गाउपालिकाका प्रत्यक वडामा रहेका स्वास्थ्य सस्थाबाट कोभिड १९ बिरुद्धको बुष्टर खोप सञ्चालन हुने कार्यालयले जनाएको छ । १८ बर्ष पुरा भएका दोसा्रे मात्रा खोप लगाएको ३ महिना पुरा भएका सबैले खोप लगाउन सकिने छ । यो अभियान जेठ २२ गतेसम्म सञ्चलन हुने छ ।

यो पनि पढ्नुहोस्