समय : ०४:१५ am | शनिबार , श्रावण ४ गते २०८१

स्वर्गद्धारी नगरपालिकाले गणतन्त्र दिवस ३ दिनसम्म मनाउने निर्णय

स्वर्गद्वारी अपडेट | जेठ १४ गते २०७९
अनुज पछाई , प्यूठान । जिल्लाको स्वर्गद्धारी नगरपालिकाले गणतन्त्र दिवस ३ दिन मनाउने निर्णय गरेको छ । बिहीबार एक सुचना प्रकाशन गर्दै गणतन्त्र दिवस–०७९ मुल समारोह समितिको बैठकले सो निर्णय गरेको जानकारी दिएको छ । मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवश मनाउने निर्णय गरेको छ । निर्णय अनुसार स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा र ब्यानर सजाएर दिपावली तथा सरसफाइ गर्ने । समितीले सम्पूर्ण नगरबासीलाई पनि दिपावली गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नगरबासी आम नागरिकले आ–आफनो घर टोल ,एंव सार्वजनिक स्थलको सरसफाई गर्ने ,यस नगरपालिका भित्रका सबै सरकारी संघसस्था सार्वजनिक स्थल एंव नगरबासीले ३ दिन सम्म दिप प्रजो्लन गर्ने र गणतन्त्र दिवश २०७९ केन्द्रित रहि बिद्यालय सरकारी कार्यालय तथा अन्य संघ सस्थाले बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लगायतको निर्णय गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page