समय : ०२:३५ pm | सोमबार , जेठ ५ गते २०८२

सरुमारानीमा गठबन्धन हेरेको हेर्यैः अध्यक्ष उपाध्यक्षमा एमाले वीजयी

स्वर्गद्वारी अपडेट | जेठ २ गते २०७९
अनुज पछाई , प्यूठान । प्यूठानको सरुमारानी गाउपालिकामा नेकपा एमालेले ५ दलिय सत्ता गठबन्धनलाई एक्लै हराएको छ । आज बिहान सकिएको मतगणना अनुसार सरुमारानी गाउपालिकाको अध्यक्षमा पुुनः एमालेका झग बहादुर बिश्वकर्माले जित हात पारेका छन । भने उपाध्यक्षमा एमालेकै बसन्ता खडका विजयी भएका छन । बिश्वकर्माले ८६ मतले आफ्नो प्रतिदोन्धिलाई पछाडी पारेका हुन । विश्वकर्माले ४ हजार २८० मत प्राप्त गरे भने उनका प्रतिद्धोन्धि गठबन्धनका साझा उम्मेदबार मुकुन्दराज शर्माले ४ हजार १९४ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्ष खडकाले ४ हजार ३९४ र उनका प्रतिसप्रर्धी गुप्त रानाले ३ हजार ९४७ मत प्राप्त गरेका छन ।                                                                                  उपाध्यक्ष वीजयीःबसन्ता खडकात्यस्तै सरुमारानी १ नं. वडामा गठबन्धनले जीत हात पारेको छ । गठबन्धनका साझा उम्मेदबार नर बहादुर घर्ती विजयी भएका हुन । सरुमारमाीको १ र ५ बाहेक वडा नं. २, ३, ४ र ५ मा एकमालेले जीतेको छ ।

यो पनि पढ्नुहोस्