समय : ०९:०९ pm | शुक्रबार , वैशाख ११ गते २०८३

प्युठानबाट अख्तियारमा ३१ मुद्दा दर्ता

तीमध्ये १७ उजुरीको फर्छोट भइसकेको छ भने बाँकी १४ उजुरी अनुसन्धान प्रक्रियामा छन्।   

स्वर्गद्वारी अपडेट | वैशाख ११ गते २०८३

प्यूठान। प्युठान जिल्लाका स्थानीय तहहरूमा आर्थिक वर्ष २०८२/०८३ को बैशाखसम्ममा ३१ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा दर्ता भएका छन्।

शुक्रबार मल्लरानी गाउँपालिका खलङ्गामा आयोगद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम’ मा  प्रहरी निरीक्षक दिवाकर रिजालले उक्त विवरण सार्वजनिक गरेका छन्।तीमध्ये १७ उजुरीको फर्छोट भइसकेको छ भने बाँकी १४ उजुरी अनुसन्धान प्रक्रियामा छन्।    

प्यूठानको सरुमारानीको १० वटा मुद्धा दर्ता भएका छन भने माण्डवी र मल्लरानी गाउँपालिकामा भने अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन।कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले ऊजुरी पर्नु नै गलत भएको भन्ने भाष्य सृजना गर्न नहुने भन्दै त्यसको निराकरण अनुसन्धानबाट हुनुपर्नेमा बताएका थिए।वर्तमान सरकारले सुशासनका लागि चालेको कदम सकारात्मक भएको समेत अध्यक्ष खड्काले भने।

आयोगका प्रहरी नायव उपरीक्षक प्रताप पौडेलले आयोगको सिमित स्रोत साधनकाबीच लुम्बिनी प्रदेशका ९ वटा जिल्लामा सेवा दिँदै आएको बताए।उनले आगामी दिनमा ऊजुरी कुरेर मात्र नबस्ने भन्दै आफै फिल्डमा पुगेर भ्रष्ट्राचारजन्य   गतिविधिको निगरानी गर्ने योनजामा आयोग अघि समेत उनको भनाई छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विजय पौडेल, वडा नम्वर २ का वडा अध्यक्ष लेख बहादुर थापाले मन्तव्य राखेका थिए।

उक्त कार्यक्रममा मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, उपभोक्ता समितिका पदाधिकारी लगायतहरुको उपस्थिती थियो ।

उजुरीको संख्या बढ्दै गएकाले स्थानीय तह र आयोगबीच समन्वय सुदृढ गर्न अन्तरक्रिया आयोजना गरिएको आयोगले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्