समय : ०२:०८ am | आइतबार , वैशाख ५ गते २०८३

प्युठानमा पोखरीमा डुबेर बालकको मृत्यु

प्युठान एग्रिगेट कम्पनीले प्रयोगमा ल्याएको पोखरीमा डुबेर प्युठान नगरपालिका–७ का १३ वर्षीय जेनिस के. सि. को मृत्यु भएको हो।

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०८२

प्युठान।प्युठान नगरपालिका–२ झिमरुक नदि किनारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–२, झिम्रुक नदी किनारमा रहेको प्युठान एग्रिगेट कम्पनीले प्रयोगमा ल्याएको पोखरीमा डुबेर प्युठान नगरपालिका–७ का १३ वर्षीय जेनिस के. सि. को मृत्यु भएको हो।

पब्लिक बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत जेनिस परीक्षा दिन मावलि घर झारिबाङबाट आएका थिए।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो पनि पढ्नुहोस्