समय : ०४:१० pm | बिहिबार , असार २६ गते २०८२

प्युठानमा आज १९ लाख बढीको दही बिक्री

उनका अनुसार प्युठानमा १५ वटा डेरी ब्यवसायी रहेको र ति सबै डेरीका तथ्यांक ....

स्वर्गद्वारी अपडेट | असार १५ गते २०८२

प्युठान।नेपाली राष्ट्रिय धान दिवस अर्थात् असार १५ गतेको दिन प्युठानमा करिव १५ हजार लिटर दही बिक्री भएको छ।

दही चिउरा  खाने दिनमा करिव १५ हजार  लिटर दही बिक्री हुँदा १९ लाख बढीको कारोबार भएको हो।दुग्ध व्यवसायी समिति प्युठानका अध्यक्ष चन्द्रमणि सूबेदीका अनुसार आज मात्र प्युठानमा १९ लाख ५० हजार रुपैयाँ बराबरको दहीको कारोबार भएको बताए।

माण्डवी गाउँपालिका-३ जस्पुरमा रहको अर्घाखाँची डेरी उद्योगले असार १५ गतेका दिन १५ सय लिटर दही बिक्री गरेको समिति प्युठानका अध्यक्ष एवं डेरीका प्रोपाइटर सुबेदीले जानकारी दिए।  

उनका अनुसार प्युठानमा १५ वटा डेरी ब्यवसायी रहेको र ति सबै डेरीका तथ्यांक अनुसार १९ लाख बढीको दही बिक्री भएको छ।

यो पनि पढ्नुहोस्