प्युठान।बैदेशिक रोजगारको शिलसिला भारत पुगेका एक नेपाली युवाको मृत्यु भएको छ।प्युठान माण्डवी गाउँपालिकाका १ सिमलचौर निवासी १९ वर्षीय हुकुम नेपालीको मृत्यु हो।
भारतको चेन्नईको मोगापेरमा रहेको पबजी रेस्टुरेन्टमा कार्यरत नेपालीको मंगलबार राति १२ बजे मृत्यु भएको त्यहाँ कार्यरत महेन्द्र बस्यालले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्।उनले लेखेका छन् राति खाना खाएर सबै जना सुतेका थिए।राती सँगै सुतेको सबै साथीहरु उठे।तर सँगै सुतेका हुकुम बिहान नउठेपछी उनका साथीहरु उनलाई बोलाउन जाँदा उनको मुखबाट रगत आएको र अचेत अवस्था देखेपछी प्रहरीलाई जानकारी गराएको समेत बस्यालले उल्लेख गरेका छन्।सँगै रहेको अस्पतालमा चेकजाँच गर्दा चिकित्सकले मृत्यु घोषणा गरेको समेत बस्यालले उनको फोटो राख्दै पोस्ट गरेका छन्।
मृतकका बुवा सन्जय नेपालीले अखिल भारत नेपाली एकता समाजलाइ घटनाको विवरण बताएका थिए।किल्पाक मेडिकल हस्पिटलमा उनको पोस्टमार्ट गरि बिहिबार नेपाल ल्याईएको पारिवारिक श्रोतले जनाएको छ।
अखिल भारत नेपाली एकता समाजले उनको दु:खद निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोकाकुल परिवार प्रति हार्दिक समवेदना प्रकट गरेको छ।