समय : ०४:४८ pm | बिहिबार , असार २६ गते २०८२

ऐरावती गाउँपालिकाको बजेट ४९ करोड ८९ लाख २५ हजार

स्वर्गद्वारी अपडेट | असार १० गते २०८२

प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाको १८ औं गाउँसभाको दोस्रो अधिवेशनमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले ४९ करोड ८९ लाख २५ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको  हो।

चालुतर्फ ३४ करोड ९४ लाख २५ हजार र पुँजिगत तर्फ १४ करोड ९५ लाख रुपियाँ रहेको छ।साथै सो अधिवेशनले आर्थिक ऐन समेत पास गरेको छ ।

कृषि, पर्यटन, रोजगारीको बढाउँदै गति, शान्त, सुन्दर, सम्मुन्नत बनाऔं ऐरावती भन्ने नाराका साथ गाउँपालिकाको नागरिकको आयआर्जन वृद्धि गर्ने गरि योजना तथा कार्यक्रम तय गरिएको गाउँपालिकाले जनाएको छ ।

यो पनि पढ्नुहोस्