समय : ०४:०५ pm | बिहिबार , असार २६ गते २०८२

माण्डवीमा अध्यक्ष र उपाध्यक्षले मनोमानी गरेको भन्दै सदस्यद्धारा बजेट बहिष्कार

वडा नं‍. ३ र ५ का वडाध्यक्षले गाउँसभा बहिस्कार गरेका हुन्।

स्वर्गद्वारी अपडेट | असार १० गते २०८२

प्युठान।माण्डवी गाउँपालिका अध्यक्ष–उपाध्यक्षले आगामी वर्षको बजेट एकलौटी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्न लागेको भन्दै वडाध्यक्ष र सदस्यरूले विरोध गरी गाउँसभा बहिस्कार गरेका छन्। वडा नं‍. ३ र ५ का वडाध्यक्षले गाउँसभा बहिस्कार गरेका हुन्।

वडा कार्यालयको विकासका लागि विनियोजन हुने बजेट गाउँपालिकाको कार्यालयले मात्र सञ्चालन गर्ने निर्णय गर्न खोजेको र बजेटको बिषयमा छलफलमा नआएपछी वडाध्यक्ष र सदस्यले गाउँसभा बहिस्कार गरेको वडा नं. ३ वडाध्यक्ष धनेन्द्र कार्कीले जानकारी दिए। 

त्यस्तै वडा नं ५ का अध्यक्ष दुर्गा प्रसाद आचार्यले पनि समान असन्तुष्टि व्यक्त गर्दै भने, ‘स्थानीय आवश्यकता र प्राथमिकता लत्याउँदै अध्यक्ष–उपाध्यक्षले आफ्नो मनपरी योजना घुसाउने प्रयास गरेका हुँदा यस्तो प्रवृत्तिविरुद्ध हाम्रो बहिष्कार उनले बताए।’

वडा नं ३ र वडा नं ५ का वडाध्यक्ष सहित १० जना सभाका सदस्यले अधिवेशन बहिष्कार गरेका हुन्।

यो पनि पढ्नुहोस्