समय : ०१:२७ am | सोमबार , मंसिर २३ गते २०८१

प्युठानमा एक सय ७५ जनाले गरे आत्महत्या

राधिका भुषाल | मंसिर ९ गते २०८१

प्युठान।प्युठानमा आत्महत्याका घटनामा वृद्धि भएको छ।पछिल्ला दुई आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्या १ सय ५३ जना रहेका छन् भने चालु आर्थिक बर्षको कार्तिक मसान्तसम्म २२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा ७४ जना, ०८०/८१ मा ७९ जना, चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म २२ जना गरि आत्महत्या गर्नेको संख्या १ सय ७५ जना पुगेको  हो।प्रहरी कार्यालयको तथ्यांक अनुसार १८ वर्ष देखि मुनिका ४२ जनाले आत्महत्या गरेका छन् । १८ देखि ४० वर्ष मुनिका ६६ जना, ४० देखि ६० वर्ष उमेर समुहका ५२ जना र ६० वर्ष देखिका माथि १५ जनाले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेको उमेर समूह हेर्दा १८ देखि ४० वर्ष भित्रका बढी देखिएको छ।   

शुक्रबार जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा जिल्ला समन्वय समितिको सभाहलमा गरिएको सर्वपक्षिय बैठकमा सरोकारवाला निकायले जिल्लामा बढ्दो आत्महत्या न्यूनीकरण गर्न सामुहिक प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी गराईन ।

आत्महत्या कम गर्न सरोकारवालाको ध्यान केन्द्रित गर्दै    

आगामी दिनहरुमा आत्महत्या न्यूनीकरण गर्नका लागि प्रत्येक पालिकामा मनोपरामर्शकर्ता राखी समुदायस्तरमा पुग्ने अध्ययन गर्ने र समाधानका उपायको खोजी पहिल्याउने, पालिका तथा वडा स्तरमा गठित आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन समितिका पदाधिकारीले तालुक निकायसंग समन्वय गरी आफ्नो पालिका तथा वडा भित्र एक एक महिनाको अन्तरमा नियमित कार्यक्रम सञ्चालन गर्ने, पालिकाहरुले प्रत्येक वर्ष बजेट व्यवस्थापन गर्ने, विद्यालय कलेजमा जनचेतना अभिवृद्धि गर्न पालिका शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई, र सामाजिक विकास डिभिजन कार्यालयबीच समन्वय गर्ने विषयमा छलफल भएको छ । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्