समय : ०७:४९ am | बिहिबार , असाेज ३ गते २०८१

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

स्वर्गद्वारी अपडेट | भाद्र २३ गते २०८१

प्युठान।दाङ लगायत पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदैछन्।यो पर्व आइतबारका दिन मनाइने हुनाले ‘अटवारी’ भनिएको हो । महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको थारु समुदायका अगुवा बताउँछन् ।

अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ। वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सद समयको उपयोग गर्दै टोल–टोलमा आफ्नो मौलिक सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।

प्रदेश ५ र सुदूरपश्चिममा बिदा

यसवर्ष अटवारी पर्वको अवसमार सुदूरपश्चिम प्रदेश र प्रदेश ५ ले सरकारले बिदा दिएको छ । विगत केही वर्षअघि देखि नै अटवारी पर्व तीज जस्तै भन्दै थारु समुदायले बिदाको माग गर्दै आए पनि यसवर्ष दुईवटा प्रदेशले बिदा दिएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्