समय : ०४:२३ am | सोमबार , मंसिर २३ गते २०८१

प्रशासन टोली वडामै पुगेर नागरिकता प्रदान

स्वर्गद्वारी अपडेट | भाद्र १७ गते २०८१

प्युठान।अशक्त तथा फरक क्षमता भएका व्यक्तिलाई वडामै पुगेर सोमबार नेपाली नागरिकता प्रदान गरेको छ। स्वर्गद्वारी नगरपालिका–५ सारी डाडागाउँका अशक्त (क) बर्गको फरक क्षमता भएका अशक्त मिन बहादुर घर्तीमगर र तल्लो सारी मैतारका (ख) बर्गको फरक क्षमता भएका अशक्त प्रकाश पुनले नेपाली नागरिकता पाएको हो।

इलाका प्रशासन कार्यालय जस्पुरमा ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नरहेकाले उहाँहरूलाई इलाका प्रशासनको टोलीले नागरिकताको प्रमाणपत्र प्रदान गरिएको इलाका प्रशासन कार्यालय जस्पुरका प्रमुख मेघ प्रसाद पोखरेलले बताए। 

नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि मिन बहादुर र प्रकाश खुसी भएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्