समय : ०६:२० pm | बुधबार , असाेज २ गते २०८१

स्वर्गद्वारीमा माओवादी केन्द्रद्वारा ज्ञापन पत्र

सन्तोष सुनार | श्रावण २८ गते २०८१

प्यूठान।नेकपा माओवादी केन्द्रले स्वर्गद्वारी नगरपालिकामा बिज्ञप्ति बुझाएको छ। स्वर्गद्वारी नगर समिती प्युठानले नगरपालिकामा बेथिति बढेको भनि सुशासन कायम गर्न लागि नगरपालिकामा विज्ञप्ति बुझाएको हो।

सोमबार नेकपा माओवादी केन्द्र स्वर्गद्वारी नगर समिति प्यूठानका अध्यक्ष टेक बहादुर भट्टराई (पदम) सहति पदाधिकारीले उप्रमुख मिनराज राना र प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएको हो ।नगर कमिटिले नगर पालीकामा बेथिति बढिरहेको भन्दै बेथिति रोक्न सुशासनका लागि ज्ञापन पत्र बुझाएको अध्यक्ष भट्टराई (पदम)ले बताए।

पछिल्लो समयमा स्वर्गद्वारी नगरपालिका भित्रका सरकारी कार्यालय , सामाजिक संघ संस्थामा जिम्मेवार कर्मचारी , जनप्रतिनिधिहरुले सार्वजनिक विदाको समयमा र कार्यालय समय बाहेकको समयमा सरकारी स्वामित्वको श्रोतसाधन जिल्ला प्रसाशन कार्यालय वा सम्बन्धित कार्यालयको अनुमति बिना दुरुपयोग भएको धेरै पाइएको अवस्थाका कारण भ्रष्टचार नियन्त्रण , सामाजिक न्याय र शुसासन कायम राख्नका लागी ज्ञापनपत्र सहित ध्यानाकर्षण गराएको अध्यक्ष भट्टाईले बताए ।

त्यस्तै स्वर्गद्वारी नगर समिती प्युठानका उपाध्यक्ष तिलक सुनारले नगरपालिकाले सरसफाई सम्बन्धि प्रत्येक घरबाट कर उठाएको तर स्वर्गद्वारी नगरपालिकाको गाडी गाउँघरमा नगएको समेत गुनासो गरेका छन।उनले फोहोर लिन गाडी गाउँगाउँमा पुग्नु प¥यो, होइन भने कर नतिर्ने बताएका छन्।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत भोज बहादुर भण्डारीले हामीले सवारी साधन कार्यालय समय बाहेक नचलाउन सबैलाई भनेका छौ तर हजुरको निगरानी  र कर्मचारीको लापरबाहीलाई समेत सचेत गराउने बताएका छन । कहिलेकाही सेवाग्रहीलाई सेवा दिन जादा विविध कारण समयमा फर्कन नसकेको अवस्थामा मध्यनजर गर्न भण्डारीले आग्रह गरेका छन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्