समय : ०५:२३ am | आइतबार , असार १३ गते २०८३

प्युठान अदालतमा सम्बन्ध विच्छेद हुनेको संख्या बढ्दै

स्वर्गद्वारी अपडेट | असार ३१ गते २०८१

प्युठान।प्युठान जिल्ला अदालतमा दायर भएका मुद्दामध्ये आधा सम्बन्ध विच्छेदका परेका छन्। जिल्ला अदालत प्युठानका अनुसार दर्ता भएका मुद्दाको प्रतिशतका हिसाबले सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा परेको जिल्ला अदालत प्युठानले  जानकारी दिएको छ।

जिम्मेवारी सरी आएका र चालु आर्थिक वर्षमा दायर भएका सात सय चार मुद्दामध्ये तीन सय ४२ मुद्दा सम्बन्ध विच्छेदका  रहेको श्रेष्तेदार गणेशकुमार गौतमले जानकारी दिए।एकसय ८०  अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र चालु आवमा पाँच सय २४ मुद्दा दर्ता भएका थिए।श्रेष्तेदार गौतमका अनुसार आव २०७९/८० मा फस्छ्र्यौट हुन बाँकीबाट ५१ र चालु आवमा दुई सय ९१ गरी तीन सय ४२  सम्बन्ध विच्छेदका मुद्दा परेकोमा दुई सय ६५ फस्छ्र्यौट भएका छन् ।

वार्षिक प्रगति समीक्षा प्रतिवेदनअनुसार आव २०७९/८० मा फस्छ्र्यौट हुन बाँकी एक सय ८० मुद्दा जिम्मेवारी सरी आएकोमा एक सय ६० चालु आवका पाँच सय २४ वटा मुद्दामध्ये तीन सय ४० फछ्र्यौट भएका छन् । न्यायाधीश पुनाराम खनालले ६५ प्रतिशतको लक्ष्य राखेकामा ७१ प्रतिशत मुद्दा फस्छ्र्यौट गर्न सफल भइएको र फस्छ्र्यौट हुन बाँकी मुद्दा १८ महिनाभन्दा बढी समयका रहेका बताए ।

सम्बन्ध विच्छेदका मुद्दामध्ये सबैभन्दा बढी प्युठान नगरपालिका र सबैभन्दा कम मल्लरानी गाउँपालिकाबाट परेका अदालतले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइयो ।प्रमाणीकरण, सिफारिस तथा अभिलेखका प्रमाणमा वडा कार्यालय, स्थानीय न्यायिक समितिका पत्र तथा अन्य कागजातले केही प्रकृतिका पीडितलाई न्याय दिलाउन सहयोग पुग्छ तर आफ्नो क्षेत्राधिकारका आधारमा भाषा, कागजात अदालतमा कमै मात्र आएको हुँदा जटिलता देखिएको  न्यायाधीश खनालको भनाई छ।

यो पनि पढ्नुहोस्