प्युठान।स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रा.ली ले शुक्रबार एक कार्यक्रम गरि अनलाइन टिकट बुकिङ सेवाको एप्स उद्घाटन गरेको छ।सेवाग्राहीले थप शुल्कविना सरकारले तोकेकै भाडादरमा टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।
कार्यक्रमको उद्घाटनमा बोल्दै निवर्तमान मुख्यमन्त्रि डील्ली चौधरीले यात्रुहरुको सहजताका लागि यो अनलाईन टिकट बुकिङ्ग सेवा भरपर्दो माध्यम भएको बताए।जुन सुकै समयमै घरबाट टिकट काट्न सकिने हुँदा वडास्तरबाट सुचना प्रवाह गरि यो सेवाको उपयोग गर्न समेत निवर्तमान मुख्यमन्त्रि चौधरीले आग्रह गरे।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्युठानका नारायण प्रसाद अर्यालले स्वच्छ र स्वस्थ रुपमा प्रतिस्पर्धा गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन्।स्वीकृति नभएर संचालन भएका सवारीसाधनहरु छिटै नियमको दायरामा आई संचालन गर्न समेत उनले बताए।
यात्रुले टिकटका लागि काउन्टरमा दिनभर लाइन लाग्न नपरोस् भनेर अनलाइन सेवा शुरू गरेको स्वर्गद्वारी गौमुखी प्युठान यातायात सेवा प्रा.लीका अध्यक्ष सुनिल बस्नेतले बताए।यात्रुहरुको सुविधाका लागि अनलाइन बुकिङ आइतबार देखी खुल्ला हुने समेत अध्यक्ष बस्नेतले जानकारी दिए।'
कार्यक्रममा निवर्तमान मुख्यमन्त्री डिल्ली चौधारी, लुम्बिनी प्रदेशका संसदहरु,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्याल, जिल्ला समन्यव प्रमुख धरम जी.सी, वर्द बहादुर गण प्युठानका प्रमुख रमेश थापा,यातायात व्यवासायी र संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
टिकट बुकिङपूर्व भाडा, बसको सुविधा, सिट, गाडीको प्रकार, नम्बर लगायत सबै जानकारी लिन सकिने छ।