समय : ०४:१८ am | सोमबार , वैशाख ७ गते २०८२

बृहत खानेपानीको लापरवाहीले हैरानीमा उपभोक्ता

राधिका भुषाल | जेठ १३ गते २०८१

प्यूठान।प्यूठान नगरवासीहरुले यतिबेला खानेपानीको समस्या भोग्दै आएका छन्। बृहत विजुवार साना–शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था प्युठानले नियमित रुपमा खानेपानीको आपुर्ति गराउन नसक्दा उपभोक्ताहरुले लामो समय देखि खानेपानीको समस्या व्यहोर्नु परेको छ । 

बृहत खानेपानी नियमित आपुर्ति नहुंदा समय–समयमा निकै समस्या हुने गरेको प्यूठान नगरपालिका–४ निवासी शम्भु श्रेष्ठले बताए । ‘बृहतले आफ्ना उपभोक्ता माथि खेलवाड गर्दै आएको छ ।‘उपभोक्ता श्रेष्ठले भने–‘केहिले पानी धमिलो आउछ, कहिले आउदैन । अहिले पनि महिना दिन भयो पानी नआएको ।’ सुचना दिएर १–२ दिन पानी नआउनु स्वभाविक नै हो तर, यसरी अस्थव्यस्त तरिकाले पानी सप्लाई गर्नु लापरबाही नै भएको उनले बताए । पैसा तिरर समेत नियमित रुपमा स्वच्छ पानी पिउन तथा प्रयोग गर्न नपाउनु विडम्बना नै भएको उनको भनाइ छ ।

नियमित पानी नआउदा होटल व्यवसाय गर्नेहरुलाई झनै समस्या हुने गरेको जुम्री निवासी ऋषीराम भण्डारीले बताए ।‘एक हप्ता बढि भयो नियमित पानी नआएको । ‘उनले भने–‘पैसा तिरर प्रयोग गर्ने पानी पनि आवश्यकता अनुसार पाइदैन । बृहतले दिर्घकालिन रुपमा पानी आपुर्तीको समस्या अन्त्य गर्नु पर्ने उनको भनाइ छ।’ ‘जुम्रीका अर्का उपभोक्ताले थप्दै भन्छन्–‘बिना कुनै  सुचना पानी बन्द गर्ने र छोडिदिने हुंदा बृहतले उपभोक्ताहरुलाई धेरै झुक्काउने समेत गरेका छ।’ दैनिक जीवनमा अत्यन्तै आवश्यक पर्ने पानी  नियमित रुपमा आपुर्ति नहुदा  विशेष गरी विद्यालय जाने बालकालिका, बृद्धाबृद्ध, सुत्केरी महिला, कर्मचारी लगायत सम्पुर्ण उपभोक्ताहरुले निकै समस्या झेल्नु परेको उनले बताए ।  

प्यूठान नगरमा बृहत खानेपानीकै भरमा पर्ने उपभोक्ताहरुलाई मागको ७० प्रतिशत मात्र खानेपानी आपुर्ति हुँदै आईरहेको उनीहरु बताउछन् ।  

उता बृहतले भने लामो समयको खडेरीले पानी उत्पादन कम भएपछि उपभोक्ताको आवश्यकता अनुसार पानी पु¥याउन नसकिएको बताउछ ।  खडेरीले सबै मुहानहरु सुकेपछि मुख्य समस्या परेको बृहत विजुवार साना–शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सव–इन्जिनियर पिताम्बर पण्डितले बताए । ‘नर्मल अवस्थामा दैनिक ८ लाख लिटर पानी उत्पादन हुने गरेको थियो ।‘उनले भने–‘फागुन यता दैनिक ५ लाख लिटर पानी उत्पादन भएको छ।’ अब वर्षात सुरु भएकोले मुहानहरु सर्सिए पछि पानीको समस्या नहुने उनले बताए।१ हजार ९ सय धारा वितरण भइसकेको र केही घरहरुमा धारा जडान गर्न बाँकी रहेको पण्डितको भनाइ छ । केही समय पहिले गेजबाङ्गगको सम्पवायल विग्रीएर क्वाडि क्षेत्रमा धमिलो पानी सप्लाई भएको बताउदै नयाँ सम्पवायल राखिसकेको हुदा त्यो समस्या नदोहोरिने उनले बताए ।

बृहत खानेपानीले गेजबाङ्गगमा सहित बाग्दुला, टिकुरी र विजुवार भौकाको सम्पवायलबाट पानी वितरण गर्दै आएको छ । बृहतले प्यूठान नगरपालिकाको वडा नं. १, २, ३, ४, ७ र वडा नं. ८ मा आँशिक रुपमा खानेपानी वितरण गर्दै आएको छ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्