समय : ०३:०३ am | सोमबार , मंसिर २३ गते २०८१

प्यूठानमा पहिलो पटक विद्युतीय चार्जिङ स्टेसन

स्वर्गद्वारी अपडेट | जेठ ११ गते २०८१

प्युठान।प्युठानमा विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ ।माण्डवी गाउँपालिका -३ जस्पुर (रोल्पा जाने बाटो )को द हईजेनिक हव रेस्टुरेन्टको परिसरभित्र नेपालका लागी आधिकारिक वितरक सिजी मोटर्सले कम्पनीको फास्ट चार्जर चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको हो । 

विद्युतीय सवारीसाधन खरिद गर्ने बढ्दै गएकाले प्युठानमा विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसनको आवश्यकता र माग दुवै बढ्दै गएको थियो ।संचालक प्रकाश भण्डारीले चार्जिङ स्टेसनको उद्घाटन गर्दै यस्ता चार्जिङ स्टेसन प्युठानका धेरै ठाउँमा आवश्यक रहेको बताए। आवस्यकता अनुसार छिट्टै नै अर्को चार्जिङ मेसिन जडान गर्ने समेत संचालक भण्डारीको भनाई छ।  

विद्युत् खपत अभिवृद्धि तथा विद्युतीय सवारीसाधनको प्रयोग प्रवर्द्धनको क्रममा ३०  किलोवाट क्षमता भएको चार्जिङ स्टेसन रेस्टुरेन्ट भित्र सञ्चालन गरिएको हो । सजिलो र छिटो चार्ज गर्न सक्ने क्षमता भएको चार्जिङ स्टेसनले एक पटकमा  एक वटा मात्र गाडीलाई चार्ज गर्न सक्छ। 

रेस्टुरेन्ट संचालक रोयल कृष्णले विद्युतीय सवारीसाधन चार्ज गर्ने स्टेसन प्युठानमा  नहुँदा यसअघि विद्युतीय सवारीसाधन चार्ज गर्न लमही जानुपर्ने बाध्यता रहेकोमा अब प्युठानमै  स्टेसन सञ्चालन भएकाले स्थानीयलाई सहज भएको बताए।   

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्