प्युठान।समृद्ध नेपालका लागि स्वास्थ,कर्मठ र उद्यमी युवा मुल नाराका साथ गाउँ युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ। माण्डवी गाउँपालिकाको आयोजनामा राष्ट्रिय युवा परिषद् नेपालको समन्वयमा युवा नमुना संसद् अभ्यास कार्यक्रम मंगलबार सम्पन्न भएको हो।
उक्त कार्यक्रमको समापनमा बोल्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोशन)ले भोलीको स्थानिय तह प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री देखी अधिकृत, सचिव, उप सचिव समेत हुने अहिलेको युवानै भएका कारण सबैले आ आफ्नो भविश्य नेपालमै खोज्न आग्रह गरेका थिए।
नेपालमा केही भएन सबै खतम भइहाल्यो भन्ने भास्य श्रृजना गरिएका कारण पनि युवाहरु बिदेशिरहेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बताए।कार्यक्रममा बोल्दै राष्ट्रिय युवा परिषद् नेपालका जिल्ला शाखा प्युठानका अध्यक्ष रामचन्द्र के.सीले आगामी वर्ष देखी जिल्लाका स्थानीय तहहरुले ल्याउने बजेटको सवालमा यी यस्ता कार्यक्रमहरु समेटी युवा मैत्री कार्यक्रम ल्याउन समेत आग्रह गरेका थिए ।
राष्ट्रिय युवा परिषदद्वारा परिचालित प्रशिक्षकहरु इन्दिरा पुरी र तुल्सी राम न्यौपानेले स्थानीय तहको गाउँ सभा संचालन बारे युवाहरू लाई प्रशिक्षण गरेका हुन। प्रशिक्षकहरुले संघीय,प्रदेश र स्थानीयतहको विधान सभा बारे जानकारी , राज्यका प्रमुख तिन अंग व्वस्थपिका कार्यपालिका र न्यापालिका तथा शक्तिपृथ्किकरण बारे बुझाउने, गाउँ सभाको वनावट क्षेत्रअधिकार,संचालन कार्यविधि बारे जानकारी, अभ्यास गराए, युवा दर्शन,लेकतन्त्र र लोकतान्त्रिक संस्कृति बारे बुझाउए,तिनीहरुलाई युवाको समस्याहरु युवानिति र दिशानिर्देशहरुारे जानकारी गराए,नमूना गाउँपालिका युवा संसदको अभ्यास ,राष्ट्रिय युवानीति २०७२ बारे बुझाउने र युवाभिजन २०२५ लगायतको विषय सहभागीहरु लाई सिकाई गराएका हुन ।कार्यक्रममा गाउँपालिकाको योजना तर्जुमा तथा कार्यक्रम प्रस्तुत गरिएको थियो।
४ दिनसम्म सञ्चालित युवा नमुना संसद् अभ्यास कार्यक्रममा ५ वटै वडाका २७ जना युवा सहभागी थिए।परिषदले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने बिश्वास ब्यक्त गरेको छ ।