प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँसभा प्रशिक्षण सुरु भएको छ।‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण कार्यक्रम शनिबार देखि सुरु भएको हो।
माण्डवी गाउँपालिकाकाको आयोजना तथा राष्ट्रिय युवा परिषद सानोठिमी भक्तपुरको समन्वयमा शनिबार देखि माण्डवी गाउँपालिकाकाको सभाहलमा गाउँ नमुना युवा संसद अभ्यास प्रशिक्षण कार्यक्रममा संबिधान सभा सदस्य नारायण अधिकारीले गमलामा बिरुवा रोपेर उद्धाटन गरेका थिए।
गाउँपालिका अध्यक्ष नमराज अधिकारी(रोशन)को अध्यक्षता तथा संबिधान सभा सदस्य नारायण अधिकारीको प्रमुख आथित्यमा उक्त कार्यक्रममा संसदको प्रक्रिया बारे जानकारी गराएका थिए।
शनिबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने माण्डवी अध्यक्ष गाउँपालिकाका नमराज अधिकारी (रोशन) बताए।माण्डवीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनको भनाई छ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्कका प्रशिक्षक इन्दिरा पुरी र तुल्सी राम न्यौपाने रहेका छन्।परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना संसद अभ्यास गराउने प्रशिक्षक पुरीले बताईन।युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ ।
गाउँपालिकाका १६ बर्षदेखि २४ बर्ष मुनीका युवायुवतीहरुको सहभागिता रहेका थियो।उक्त कार्यक्रममा माण्डवी गाउँपालिका वडा नं १ देखि ५ वडाका २७ जना युवायुतीहरुले उक्त अभ्यासमा रहेका छन्।
कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा नम्बर १ का वडा अध्यक्ष बाम बहादुर बुढा, वडा २ का वडा अध्यक्ष प्रकाश वली, वडा ३ का वडा अध्यक्ष का धनेन्द्र कार्की, वडा ४का वडा अध्यक्ष दिल बहादुर घर्ति मगर,वडा ५ का वडा अध्यक्ष दुर्गा आचार्य, कार्यपालिका सदस्य तथा वडा सदस्यहरु, राष्ट्रिय युवा परिषद्कका जिल्ला शाखा प्युठानका अध्यक्ष रामचन्द्र के.सीको उपस्थिति रहेको थियो।माण्डवी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले कार्यक्रम संचालन गरेकी थिईन।