समय : ०२:४२ pm | मङ्गलबार , वैशाख ९ गते २०८२

भिंग्री बजारको सडक स्तरोन्नति हुँदै

स्वर्गद्वारी अपडेट | जेठ ४ गते २०८१

प्युठान।प्युठानको स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीबजारको सडक स्तरोन्नति गर्न थालिएको छ।जिमुरपाटा देखि जलुके सम्मको साँघुरो सडक मापदण्ड अनुसार १४ मिटर सम्म चौडासहित स्तरोन्नति गर्न थालिएको हो।

चकचके लिवाङ सडक खण्ड पर्ने जिमुरपाटा देखि जलुके सम्म १५ सय मिटर सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय प्युठान सुचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए। ‘लगभग ७० प्रतिशत निर्माण कार्य सम्मन्न भएको छ।’ उनले भने –‘तिन  करोड ५० लाखको बजेटमा दुई निर्माण कम्पनीले काम गर्न थालिएको छ।‘७ मिटर मुख्य सडक, दाँया/बाँया ४ मिटर नाला सहित फुटपात र बस ओर्लने र झर्ने ठाउँ समेत गरि १४ मिटर सडक चौडा हुने सुचना अधिकारी कार्कीले स्वर्गद्वारी अपडेटलाई  जानकारी दिए।

धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी आवतजावत गर्ने दर्शनार्थी कारण सवारीसाधनको चाप  बढ्ने हुनाले उक्त सडक साँघुरो भएको थियो।निर्माण कार्य सम्पन्न पछी सहज रुपमा यात्रा गर्न सकिने र भिंग्री बजार क्षेत्रको सौन्दर्यता बढ्नुका साथै सवारी दुर्घटना पनि न्यूनीकरण हुने बिस्वास लिएको स्वर्गद्वारी नगरपालिका-४ का वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्