समय : ०१:५७ pm | शनिबार , श्रावण १२ गते २०८१

करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लव कुमार अधिकारी | वैशाख ३० गते २०८१

प्युठान। करदाता सेवा कार्यालय चकचके प्युठानले करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। “स्वच्छ पारदर्शी प्रबिधिमैत्री कर प्रशासन,सामाजिक न्याय,आर्थिक सम्वृद्धि र सुशासन” भन्ने नारा सहित करदाता सेवा कार्यालय प्युठानले विभिन्न स्थानीय तहमा करदाता शिक्षा दिन सुरु गरेको छ। हरेक क्षेत्रको आर्थिक गतिविधिलाई करको दायरामा ल्याउनका लागि कार्यालयले विभिन्न स्थानीय तहका उद्योगी, व्यवसायी तथा संघसंस्थालाई करदाता शिक्षा दिन सुरु गरको हो।

करदाता सेवा कार्यालय चकचके प्यूठानको आयोजना र रोल्पा उद्योग बाणिज्य संघ रोल्पा तथा उद्योग बाणिज्य संघ  माडी गाउँपालिका इकाईको संयोजनमा करदाता शिक्षा कार्यक्रम एवम् स्थानीय व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम बुधबार माडी गाउँपालिका-२ घर्तिगाउँमा सम्पन्न भएको छ।कार्यक्रममा उद्यमी व्यवसायीलाई कर शिक्षा,करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका विषयमा जानकारी गराइएको थियो। 

उद्योगी, व्यवसायी तथा संघसंस्थाका सञ्चालकलाई स्थायी लेखा नम्बर दर्ता, कर दर्ता, आयविवरण, मुल्य अभिबृद्धि कर दर्ता, अन्तशुल्क इजाजत लगायतका विषयमा आधारभुत जानकारी दिनका लागि करदाता शिक्षा तथा अन्तरक्रिया सुरु गरिएको करदाता सेवा कार्यालय चकचके प्युठानका कर अधिकृत उपेन्द्र पुनले बताए।

भ्याट, पान लगायतका कर सम्वन्धी कामका लागि दाङ्गको तुलसीपुर पुग्नुपर्ने बाध्यता अन्त्यका प्युठानको जस्पुरवाट सेवा सुरु गरेको छ।करदाता सेवा कार्यालय चकचके प्युठानले हाल सम्म प्युठान र रोल्पा जिल्लाको ८ वटा स्थानीय तहमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम संम्पन्न कर अधिकृत पुनले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page