समय : ०१:१४ pm | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो अधिवेशन वैशाख १५ गते

सन्तोष सुनार | वैशाख १३ गते २०८१

प्यूठान । राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको दोस्रो अधिवेशन वैशाख १५ गते शनिवार हुने भएको छ ।

विहिवार संघले प्यूठान नगरपालिका ३ विजय फुलवारीको सभाहलमा जिल्लामा रहेका पत्रकार पत्रकार भेटघाट कार्यक्रम राखी जानकारी गराएको हो । कार्यक्रममा संघले दोस्रो अधिवेशन निकै फरक तथा महत्वपुर्ण तरिकाले गर्न लागेको राष्ट्रिय दलित पत्रकार संघ प्यूठानका अध्यक्ष लोकेन्द्र सुनारले जानकारी गराए । दलित भने पछि अन्य जातजातिमा टुटेका तथा फुटेका भाडाँकुडा भएको मानसिकता र व्यावहार देखाउने भएको जस्तो परिवेश भएता पनि तर हामी दलित उनीहरुलाई वैज्ञानिक तथा भगवान भन्दा ठूलो भएको अध्यक्ष सुनारले बताए ।

विवाहमा लगाउने सम्पुर्ण गरगहना , घरमा, मन्दिरमा प्रयोग हुने बस्तु ,पन्चे बाजा, जुत्ता, काट्न प्रयोग गरिने फलामका औजारहरु दलितहरुले बनाउने भएकाले दलित समाजको प्रतिष्ठित हुनुपर्ने समेत जिकिर गरेका थिए । अवको दिनमा सभ्य समाज निर्माणका लागी प्यूठानका दलित जनसमुदायले गरेका कार्यहरुको सम्मान तथा कदर गुर्नपर्ने खालको वातावरण थालनी , अन्य जातजातिहरुमा दलितहरु पनि समाजको दोस्रो नागरिक हैन भन्ने चेतनाको विकास गर्नका लागी जिल्लामा रहेका दलितहरुलाई एकता र सहयोग गर्न अध्यक्ष सुनारले आग्रह समेत गरेका छन । अधिवेशनमा दलितहरुले बनाएका ठेकी ,फलामका औजार , जुत्ताहरु , गरगहना , भाडाकुडा , पन्चेबाजा, साङ्गी ,कपडाहरु लगाएत प्रर्दशनी गरिनेछ । नेपालको कला र संस्कृतिका संरक्षण गर्न दलितहरुमा रहेका कला गला समेत देखाईनेछ ।

त्यस्तै अधिवेशनमा संघले जिल्लामा दलितहरुको हक हित तथा न्यायका लागी गरेको महत्वपुर्ण कार्यहरुको भिडियो मार्फत देखाईने राष्ट्रिय दलित पत्रकार संघ प्युठानले जनाएको छ । यस दोस्रो अधिवेशनमा विनोड पहाडी , बादी समुदायबाट उमा देवी वादी , लुम्बेनी प्रदेशको मा. निमा गिरी , खगेन्द्र सुनार , डा. निर्ममल विश्वकर्मा , गोरखापत्रका उपसम्पादक लक्ष्मण्म दर्नाल , राधा नेपाली आउने भएका छन ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार संघ प्यूठानका अध्यक्ष सञ्जयल रिजाल , पुर्व अध्यक्ष गिरु प्रसाद भण्डारी , सचिव प्रकाश वैद्य, प्यूठान नगरपालिकाका कार्यपालिका सदस्य सुनिल सापकोटा , सामुदायीक रेडियो प्रसारक संघका उपाध्यक्ष भुवन सिंह , जिल्लामा विभिन्न सञ्चारमाध्यमा कार्यरत पत्रकारहरुको उपस्थित रहेको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष कमल विकले राखेका हुन सञ्चालन सचिव बोम बहादुर परियारले गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page