समय : ०८:११ am | शनिबार , श्रावण १२ गते २०८१

प्रहरीद्वारा  जेसिबी चालकलाई सम्मान 

स्वर्गद्वारी अपडेट | वैशाख ९ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका-३ देवीस्थान स्थित गंगागम रोजिन एण्ड टर्पेन्टाइनले संकलन गरेको खोटोमा लागेको आगो नियन्त्रणमा आएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले आइतबार बिहान  जेसिबी  चालकलाई सम्मान समेत गरेको छ ।

चालक छ्त्रकोट गाउँपालिका–८ का बिष्णु कुमाल र बंगलाचुली गाउँपालिका–८ का चालक सोनु परियार र माण्डवी गाउँपालिकाको जेसिबी सह–चालक डिगम ठेडी मगरलाई सम्मान गरेको हो । जोखिम मोलेर चालकले आगो नियन्त्रणमा लिएपछि उनीहरुलाई सम्मान गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापाले बताए । ‘हेर्दा सामान्य लागेपनि यति ठुलो जोखिम मोलेर चालकहरुले आगो नियन्त्रण लिएका छन् ।’ उनले भने–‘उहाँहरुको मनोभावना बृद्धि होस् भन्ने उदेश्यले हामीले सम्मान गरेको हौं ।’ सामाजका लागि राम्रो सहयोग गर्ने व्यक्तिलाई सम्मान गर्नु पर्ने प्रमुख थापाले बताए । जिल्लाभरको आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्नेक्रम जारी रहेको उनले जानकारी दिए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page