समय : ०३:१६ pm | बिहिबार , फागुन १ गते २०८१

झिमरुकमा आगलागीबाट १७ लाख ४९ हजार बराबरको क्षति

स्वर्गद्वारी अपडेट | वैशाख ७ गते २०८१

प्युठान।झिमरुक गाउँपालिका-३ सिख्रेटाकुरा समुदायिक जंगलमा आगलागी हुँदा दुई बोका मरेका छन्। हावाहुरीको कारण एक्कासी आगो फैलिन जाँदा जंगल नजिक रहेका घरगोठमा आगलागी भएको हो।

शुक्रबार दिउसो ४:२० बजेको समयमा झिमरुक गाउँपालिका- ३ स्थित धनमुडा, भेडाबारि ,वेँवरे, ओखरकोट लगाएतका क्षेत्रको सामुदायिक बनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी कृष्ण रानाले जानकारी दिए।

ओखरकोट खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिने  प्रयास गर्दा आगो नियन्त्रण भन्दा बाहिर जादाँ १७ लाख ४९ हजारको क्षति रहेको जिल्ला प्रहरी कार्यालय प्युठानकाले जनाएको छ।

झिमरुक गाउँपालिका वडा नं-३ भेडावारीका मोहन बहादुर के.सी.को  टिनले छाएको दुई तले घर, गोठ र कुखुराको फर्ममा अगलागी हुँदा गोठमा रहेको दुई बोकाको मृत्यु ,दुई बाख्रा र एक पाडो जलेर घाईते भएका छन्।

सोहि निवासी भिम पौडेल र गिरु बहादुर पौडेलको फुसले छाएको कच्ची घर र गोठपूर्ण रुपमा जलेको छ। वेँवरे निवासी स्याम लाल पौडेलको कच्ची घर र गोठ एउटा भैसी, नरेन्द्र प्रसाद पोख्रेल र बाबुराम पोख्रेलको कच्ची फुसले छाएको खाली गोठ जलेको सुचना अधिकारी रानाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्