समय : ०१:०८ pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा कृषि,पर्यटन,ब्यापार तथा सांस्कृतिक महोत्सव हुँदै

स्वर्गद्वारी अपडेट | चैत्र ५ गते २०८०

प्युठान।प्युठानको माण्डवी गाउँपालिका १ त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि चैत्र २९ गतेदेखि २०८१ बैशाख ९  गतेसम्म कृषि,पर्यटन,व्यपार तथा सांस्कृतिक महोत्सव आयोजना गर्ने भएको छ। 

त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको आयोजनामा त्रिबेणी धामको बगरमा पहिलो पटक प्युठान माण्डवी कृषि,पर्यटन तथा सांस्कृतिक  मेला महोत्सव हुने आयोजकले जनाएको छ।

यहाँका उत्पादनको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउनुको साथै माण्डवी गाउँपालिका भित्र रहेका पर्यटकस्थलहरुको प्रबर्द्धनमा टेवा पुग्ने उदेश्यले मेला आयोजना गरेको त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताए।

माण्डवीमा उत्पादित कृषिउपज प्रदर्शनी, धार्मिक कलासंस्कृति प्रदर्शनी,राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page