समय : ०८:३१ am | शनिबार , श्रावण १२ गते २०८१

पत्रकार पोख्रेल माथी भएको आक्रमणप्रति पत्रकार महासंघ प्यूठानको बिरोध

स्वर्गद्वारी अपडेट | फागुन १७ गते २०८०

प्यूठान । पत्रकार पदमप्रसाद पोख्रेलमाथि काठमाडौं महानगर प्रहरीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघ प्यूठानले विरोध गरेको छ । काठमाडौंको सुन्धारामा सडक व्यापारीहरुलाई हटाउने क्रममा भिडियो खिचिरहेका पोखेललाई आक्रमण गरेकोप्रति महासंघ प्यूठानले विहिवार विज्ञप्ति निकाली बिरोध जनाएको हो ।

पोख्रेलले आफ्नो परिचय पत्र देखाउँदा देखाउदै कुटपिट, धरपकड र परिचयपत्र, मोबाईलफोन, क्यामेरा, ल्यापटप तथा अन्य महत्वपुर्ण कागजपत्रहरु जफत गरेको पिडित पत्रकार पोखेलले जानकारी गराए । घाईते पत्रकार पोखेल राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछी अहिले आराम गरेका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page